सीमासम्बन्धी अभिव्यक्ति प्रधानमन्त्री आफैले सच्याउनुपर्ने हर्क साम्पाङको माग
जेष्ठ, २४ काठमाडौं । श्रम संस्कृति पार्टी का अध्यक्ष हर्क साम्पाङ ले प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको अभिव्यक्ति आफैँले सच्याउनुपर्ने बताएका छन्।
उनले सरकारका मन्त्री वा अन्य निकायले प्रधानमन्त्रीको भनाइ सच्याउने प्रयास गरे स्वीकार्य नहुने स्पष्ट पारेका छन्। साम्पाङका अनुसार प्रधानमन्त्रीको मुखबाट आएको अभिव्यक्ति पनि प्रधानमन्त्रीकै तर्फबाट स्पष्ट वा सच्याइनु पर्ने हो।
प्रधानमन्त्री बालेन शाह ले प्रतिनिधिसभा बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि राजनीतिक वृत्तमा बहस र आलोचना भइरहेको छ।
सोही अभिव्यक्तिलाई लिएर संसदमा समेत विवाद चर्किएको छ भने विभिन्न दलहरूले सरकारसँग स्पष्टिकरण माग गर्दै आएका छन्।





प्रतिक्रिया दिनुहोस्