संसदको गतिरोध अन्त्यका लागि परराष्ट्र मन्त्रीले सदनमै स्पष्टिकरण दिन सक्ने रास्वपाको प्रस्ताव

जेष्ठ, २४ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले संसदमा देखिएको गतिरोध अन्त्यका लागि आवश्यक परे परराष्ट्र मन्त्रीले प्रतिनिधिसभामै सीमासम्बन्धी विषयमा स्पष्टिकरण दिन सक्ने प्रस्ताव सर्वदलीय बैठकमा राखेका छन्।

निर्वाचनपछिको पहिलो सर्वदलीय बैठक सोमबार सिंहदरबारमा लामिछानेको आह्वानमा बसेको थियो। बैठकमा संसद अवरुद्ध भएको विषय तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।

प्रधानमन्त्री बालेन शाह ले प्रतिनिधिसभामा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि प्रतिपक्षी दलहरूले त्यसको प्रमाण सार्वजनिक गर्न वा उक्त अभिव्यक्ति संसदको अभिलेखबाट हटाउन माग गर्दै आएका छन्। सोही विषयलाई लिएर संसदमा अवरोध जारी छ।

बैठकमा श्रम संस्कृति पार्टी बाहेक अन्य प्रतिपक्षी दलहरूको सहभागिता रहेको थियो। सभापति लामिछानेले संवाद र सहमतिमार्फत संसदको अवरोध हटाउन सबै दलसँग आग्रह गरेका थिए।

रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटी का अनुसार सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले आवश्यक विषयमा स्पष्ट पार्न सक्ने र आवश्यकता परे परराष्ट्र मन्त्रीले सदनमै धारणा राख्न सक्ने विषय बैठकमा उठाइएको थियो।

उनले अन्य दलहरूले पनि आ–आफ्नो पार्टीभित्र

प्रतिक्रिया दिनुहोस्