रास्वपालाई असफल हुने छुट छैन: श्रीराम न्यौपाने
जेष्ठ, २४ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय ऊर्जा विभाग प्रमुख तथा तनहुँ–२ का सांसद श्रीराम न्यौपानेले रास्वपालाई असफल हुने कुनै छुट नरहेको बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँ जिल्ला समितिको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीप्रति जनताको ठूलो अपेक्षा रहेको उल्लेख गरे।
न्यौपानेले करिब ५२ लाख मतबाट प्राप्त जनविश्वासलाई गन्तव्यसम्म पुर्याउनुपर्ने बताउँदै पार्टीभित्र सहमति र सहकार्य आवश्यक रहेकोमा जोड दिए।
उनले पुराना दलहरू आन्तरिक द्वन्द्वका कारण कमजोर भएको उदाहरण दिँदै रास्वपाले त्यस्ता कमजोरीबाट सिक्नुपर्ने धारणा राखे।
कार्यक्रममा अन्य नेताहरूले पनि संगठन सुदृढीकरण र पार्टी एकताको आवश्यकता औँल्याएका थिए।





प्रतिक्रिया दिनुहोस्