हर्क साम्पाङद्वारा सातामा दुई दिने सार्वजनिक बिदा पुनर्विचार गर्न माग
जेष्ठ, २४ काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले लागू गरेको सातामा दुई दिने सार्वजनिक बिदा पुनर्विचार गर्न माग गरेका छन्।
सरकारले पेट्रोलियम पदार्थ आपूर्ति असहजताका कारण शनिबार र आइतबार गरी सातामा दुई दिन सार्वजनिक बिदा दिँदै आएको छ। तर, अध्यक्ष साम्पाङले यो व्यवस्था पुनर्विचार गर्नुपर्ने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले विशेषगरी स्वास्थ्य क्षेत्रलाई ध्यानमा राख्दै दुई दिने बिदा पुनरावलोकन गर्नुपर्ने उल्लेख गरेका छन्।
उनका अनुसार अस्पतालहरूमा पनि लगातार दुई दिन बिदा हुँदा बिरामीको चाप व्यवस्थापनमा समस्या देखिएको छ।












प्रतिक्रिया दिनुहोस्