अधिवेशनमा ‘झगडा नगर्न’ सांसद गुरूङको आग्रह, पुरानो राजनीतिक संस्कार त्याग्न अपिल

जेष्ठ २४ काठमाडौं । गोरखामा आयोजित पार्टी जिल्ला अधिवेशन उद्घाटन समारोहमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुधन गुरूङ ले अधिवेशनहरूमा देखिएको विवाद र झडपप्रति चिन्ता व्यक्त गरेका छन्।

उनले विभिन्न स्थानमा भइरहेका पार्टी अधिवेशनहरूमा हानाहान र झगडाजस्ता घटना देखिएको उल्लेख गर्दै यस्ता व्यवहारलाई “पुरानो राजनीतिक संस्कार” भन्दै त्यसलाई अन्त्य गर्नुपर्ने बताए।

“दुई–तीन ठाउँमा मैले देखिरहेको छु कि हानाहान परिरहेको छ, त्यो भनेको पुरानो राजनीतिक संस्कार हो, यो तोड्नुपर्नेछ,” उनले भने।

उनका अनुसार राजनीतिक दलभित्रको प्रतिस्पर्धा स्वस्थ र शान्तिपूर्ण हुनुपर्छ। अधिवेशनमा सहभागी हुने उम्मेदवारहरूलाई शुभकामना दिँदै उनले सबैले मिलेर संगठनलाई अघि बढाउनुपर्नेमा जोड दिए।

“विवाद नहोस्, झगडा नहोस्,” भन्दै उनले पार्टीभित्र अनुशासन र सहकार्यको आवश्यकता औँल्याए।

सांसद गुरूङले संघीय सरकार गठन भइसकेको सन्दर्भ उल्लेख गर्दै प्रदेश र स्थानीय तहसम्म पनि सहकार्य गरेर देश निर्माणमा लाग्नुपर्ने धारणा व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्