प्रधानमन्त्री बालेन शाहको विदेश भ्रमण उचित समयमा हुने परराष्ट्रमन्त्री शिशिर खनालको संकेत

जेष्ठ, २४ काठमाडौं ।  परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन शाहले उपयुक्त समयमा विदेश भ्रमण गर्ने बताएका छन्।

भारत भ्रमणमा रहेका मन्त्री खनालले आइतबार नयाँ दिल्लीस्थित नेपाली दूतावासमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्रीको भारत तथा अन्य देशको सम्भावित भ्रमणबारे उठेको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन्।

उनका अनुसार सरकार हालै गठन भएकाले सुरुका चरणमै जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्ने प्राथमिकता रहेको छ।

“बजेट ल्याउनुपर्ने समय थियो। जनताले यति धेरै मत दिनुभएकाले छोटो समयमा परिणाम देखिने गरी काम गर्नुपर्ने अवस्था छ,” मन्त्री खनालले भने, “अहिले सरकारको हनिमुन पिरियड पनि सकिएको छैन। काम गरेर देखाउन प्रधानमन्त्री प्रतिबद्ध हुनुहुन्छ।”

उनले आवश्यक समय आएपछि प्रधानमन्त्रीले विदेश भ्रमण सुरु गर्ने स्पष्ट पारे।

“तर उचित समय आएको बेला उहाँले भ्रमण सुरु गर्नुहुन्छ,” उनले थपे।

प्रतिक्रिया दिनुहोस्