रास्वपा झापा सभापतिमा ओमनाथ भण्डारी निर्वाचित

जेष्ठ, २४ काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी झापाको पहिलो जिल्ला अधिवेशनबाट ओमनाथ भण्डारी जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

शनिबार सम्पन्न अधिवेशनमा भण्डारीले ३४१ मत प्राप्त गर्दै विजय हासिल गरे। सभापतिका अन्य उम्मेदवार लक्ष्मण बस्नेतले २४७ मत र अर्जुनकुमार मैनालीले २५ मत प्राप्त गरेका थिए।

यस्तै, जिल्ला समितिको उपसभापतिमा पुष्पलाल ढकाल निर्वाचित भएका छन्। ढकालले २१० मत प्राप्त गर्दै जीत हात पार्दा शान्ता तामाङले १९८ मत, लिला खड्काले १११ मत र देव संग्रौलाले ९३ मत प्राप्त गरेका थिए।

अधिवेशनबाट सचिव पदमा विरोध सुवेदी तथा सहसचिव पदमा भिमबहादुर कुँवर निर्वाचित भएका छन्।

रास्वपा झापाको पहिलो जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्दै जिल्लामा पार्टी संगठनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्