रास्वपाको बागमतीका ८ जिल्लामा अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
जेष्ठ २४ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेशअन्तर्गत आठ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ।
शनिबार सम्पन्न अधिवेशनबाट काठमाडौं जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन्। त्यसैगरी भक्तपुरमा रामेश्वर बस्नेत, काभ्रेपलाञ्चोकमा प्रविण ढकाल, र सिन्धुलीमा अविनाश बस्नेत जिल्ला सभापतिमा चयन भएका छन्।
यस्तै, रामेछापमा रमेश रायमाझी, दोलखामा दिनेश बस्नेत, नुवाकोटमा रामेश्वर गजुरेल, धादिङमा राजन अर्याल तथा मकवानपुरमा सञ्जीव पाठक जिल्ला सभापतिमा निर्वाचित भएका छन्।
रास्वपाका केन्द्रीय सदस्य आरके ढुंगानाका अनुसार चितवन, रसुवा र ललितपुरमा आइतबार पनि जिल्ला अधिवेशन जारी छ। सिन्धुपाल्चोकमा भने शुक्रबारदेखि सुरु भएको अधिवेशन विभिन्न कारणले अझै प्रक्रियामै रहेको उनले जानकारी दिए।
सिन्धुपाल्चोकमा नेतृत्वका लागि एकभन्दा बढी आकांक्षी देखिएकाले त्यहाँ निर्वाचनमार्फत नयाँ नेतृत्व चयन हुने सम्भावना रहेको बताइएको छ।





प्रतिक्रिया दिनुहोस्