धवल शम्शेर र दुर्गा प्रसाईं समूहबीच नयाँ पार्टी खोल्ने सहमति
जेष्ठ, २२ काठमाडौं। धवल शम्शेर राणा नेतृत्वको समूह र दुर्गा प्रसाईं नेतृत्वमा रहेको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ महाअभियान समूहबीच नयाँ राजनीतिक दल गठन गर्ने सहमति भएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गर्दै बिहीबार १८६ जना नेता तथा कार्यकर्ताले सामूहिक राजीनामा दिएपछि सो समूहले नयाँ दल निर्माणको तयारी अघि बढाएको हो।
समझदारीअनुसार पूर्वसांसद राणा नेतृत्वको समूह र प्रसाईं समूहबीच विचार र सिद्धान्त मिल्ने अन्य राजनीतिक दल, अभियान, संगठन तथा व्यक्तिहरूलाई समेत समेटेर नयाँ राजनीतिक पार्टी घोषणा गरिनेछ।
उनीहरूले नयाँ बन्ने दलमा ६० प्रतिशत युवा तथा महिला सहभागिता सुनिश्चित गर्ने पनि बताएका छन्। सहमतिपत्रमा दुवै समूहले संगठन विस्तार, साझा नेतृत्व संरचना र आगामी राजनीतिक रणनीतिबारे सहकार्य गर्ने उल्लेख छ।
यो सहमतिसँगै राप्रपाबाट अलग भएको समूहले औपचारिक रूपमा नयाँ राजनीतिक शक्ति निर्माणतर्फ कदम अघि बढाएको देखिएको छ।




प्रतिक्रिया दिनुहोस्