नेकपा द्वारा संघीय सांसदहरूलाई संसदीय अभ्याससम्बन्धी प्रशिक्षण
जेष्ठ, २२ काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले संघीय संसद्का आफ्ना जनप्रतिनिधिहरूका लागि संसदीय काम–कारबाही, नियम तथा कानुन निर्माणसम्बन्धी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार शुक्रबार बिहानदेखि बेलुकी ५ बजेसम्म सिटापाइलामा आयोजित कार्यक्रममा सांसदहरूलाई संसदीय अभ्यास, कानुन निर्माण प्रक्रिया तथा संसदीय समितिहरूमा निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रशिक्षण दिइएको हो।
कार्यक्रममा पार्टीका सह–संयोजक माधव कुमार नेपाल, नेता डा. बेदुराम भुसाल, खेमलाल देवकोटा तथा राष्ट्रिय सभाका पूर्वसचिव राजेन्द्र फुयालले प्रशिक्षण दिएका थिए।
ज्वालाका अनुसार प्रशिक्षणमा संसद्को प्रभावकारी सञ्चालन, विधेयक निर्माण प्रक्रिया र संसदीय समितिमा सांसदहरूको जिम्मेवारीलगायत विषय समेटिएका थिए।
नेकपाका प्रतिनिधिसभामा १७ र राष्ट्रिय सभामा १७ गरी कुल ३४ जना सांसद रहेका छन्।




प्रतिक्रिया दिनुहोस्