चिनियाँ राष्ट्रपति सी जिनपिङ उत्तर कोरिया भ्रमणमा जाने
जेष्ठ, २२ काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ आगामी साता उत्तर कोरिया भ्रमणमा जाने भएका छन्।
चिनियाँ सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार राष्ट्रपति सी सोमबार प्योङयाङ प्रस्थान गर्नेछन्। यो भ्रमण सन् २०१९ यता पहिलो पटक हुनेछ, जुन उत्तर कोरियाका नेता किम जोङ उन को निमन्त्रणामा हुन लागेको हो।
यो भ्रमण त्यस्तो समयमा हुँदैछ जब उत्तर कोरियाले आफ्नो कूटनीतिक गतिविधि तीव्र बनाउँदै बाह्य विश्वसमक्ष आणविक हतियार क्षमताको प्रदर्शन गरिरहेको छ।
पछिल्ला हप्ताहरूमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सँग भएका उच्चस्तरीय भेटवार्तापछि सीको उत्तर कोरिया भ्रमणलाई रणनीतिक रूपमा महत्वपूर्ण मानिएको छ।
विश्लेषकहरूका अनुसार यो भ्रमणले चीनलाई विभाजित अन्तर्राष्ट्रिय शक्तिहरूबीच संवाद गर्न सक्ने प्रमुख शक्ति रूपमा प्रस्तुत गर्ने अवसर दिनेछ। साथै, उत्तर कोरियामाथि चीनको प्रभाव रहेको सन्देश पनि अन्तर्राष्ट्रिय समुदायमा जाने अनुमान गरिएको छ।
तर चीनको प्रभाव सीमित रहेको टिप्पणी पनि छ, किनकि उत्तर कोरियाले पछिल्ला वर्षहरूमा आफ्नो आणविक कार्यक्रम विस्तार गर्दै आएको छ भने रुससँग सैन्य सम्बन्ध पनि गहिरो बनाएको छ।
सन् २०१९ मा भएको अन्तिम भेटमा राष्ट्रपति सीले किमलाई अमेरिका–उत्तर कोरिया आणविक वार्तामा प्रगति गर्न आग्रह गरेका थिए। यद्यपि पूर्व अमेरिकी राष्ट्रपति ट्रम्प र किमबीच भएका तीन शिखर वार्तापछि पनि ठोस सहमति हुन सकेको थिएन।




प्रतिक्रिया दिनुहोस्