मुख्यमन्त्री आचार्यको जोड : नीति तथा कार्यक्रममा युवालाई प्राथमिकता

जेष्ठ, २२ काठमाडौं ।लुम्बिनी प्रदेशका चेतनारायण आचार्य ले प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम युवामुखी रहेको बताएका छन्।

प्रदेशस्तरीय युवा सम्मेलन २०८३ को प्रदेश राजधानी राप्ती उपत्यका (देउखुरी)मा उद्घाटन गर्दै मुख्यमन्त्री आचार्यले आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम नीति तथा कार्यक्रमकै आधारमा तर्जुमा गरिने बताए। उनले युवावर्गलाई केन्द्रमा राखेर युवामैत्री योजना तथा कार्यक्रमलाई अझ प्रभावकारी बनाइने जानकारी दिए।

मुख्यमन्त्री आचार्यले अधिकारको मागसँगै कर्तव्यप्रति पनि सचेत हुन युवाहरूलाई आग्रह गर्दै राष्ट्र निर्माण र सामाजिक रूपान्तरणमा युवाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे।

कार्यक्रममा कृष्ण पङ्गेनी, युनिसेफ का प्रतिनिधि रिद्धि शर्मा लगायतले युवाको सहभागिता, नेतृत्व विकास तथा सामाजिक उत्तरदायित्वका विषयमा आ-आफ्ना धारणा राखेका थिए।

सम्मेलनमा युवाको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा नीति निर्माण प्रक्रियामा युवाको सहभागिता बढाउने विषयमा छलफल भएको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्