राप्रपा भित्रको टकराव: नेतृत्वको खुरापाती राजनीति देखेर भगवान पनि वाक्क भइसके- प्रवक्ता शाही

काठमाडौं, २० जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्रको बढ्दो आन्तरिक विवाद र नेताहरूबीचको टकरावलाई लिएर पार्टीका प्रवक्ता एवं संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले कडा आक्रोश पोखेका छ्न।

पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेन र महामन्त्री धवलशम्शेर राणालाई लक्षित गर्दै शाहीले नेतृत्वको अहंकार र पदको लडाईंका कारण युवा पुस्ता र आम कार्यकर्तामा चरम निराशा छाएको बताएका हुन् ।
​सांसद शाहीले पार्टी नेतृत्वलाई जिम्मेवार बन्न चेतावनी दिँदै सामाजिक सञ्जाल मार्फत यस्तो आक्रोश व्यक्त गरेका हुन् ।

​सांसद शाहीले पार्टीका शीर्ष नेताहरूको कार्यशैलीप्रति तिखो प्रहार गर्दै उनीहरूको ुडिएनएु मै मिलेर जाने संस्कार नभएको टिप्पणी गरेका छ्न । नेताहरूको जुँगाको लडाइँले गर्दा तल्लो तहका कार्यकर्ताहरू विभाजित भई एकअर्काको पक्ष÷विपक्षमा लडिरहेको भन्दै उनले नेतृत्वलाई लाज लाग्नुपर्ने बताएका छन ।
​ूयतिखेरको समय एकअर्कालाई आरोप लगाएर टुट्ने र फुट्ने होइन, जुट्ने हो। तर तिमीहरूलाई देखेर युवाहरूले के आशा गर्नेरु एउटालाई देशभरि हार बेहोर्दासम्म नेतृत्व छोड्नै मन छैन, अर्कोलाई चुनावै नलडी नेतृत्व लिनुपर्ने पदका लागि यति धेरै हानाथाप र अहंकार किन, शाहिले भनेका छन ।

​शाहीका अनुसार नेताहरूको यस्तो व्यवहारले संगठन मात्र भत्किएको छैन, बरु अहोरात्र खटने कार्यकर्ताहरूको मनोबल र पार्टीप्रति युवाहरूले राखेको भरोसा समेत टुटिरहेको छ। नेतृत्वको परिभाषा पदमा टाँसिएर बस्नु मात्र नभई, देश र संगठनको हितका लागि आवश्यक पर्दा त्याग गर्न सक्नु पनि रहेको उनको जिकिर छ।

​पार्टीभित्र पछिल्लो समय देखिएका गतिविधिहरूलाई उनले नाटकको संज्ञा दिएका छन। ‘एउटाले नाटक गरेर विज्ञप्ति निकाल्छन्, अर्कोले भेला गर्दै फुटेर जाने संकेत देखाउँछन्,’ नेताहरूको प्रवृत्तिमाथि खनिँदै शाहीले भने, ‘आफैले आफैलाई भलादमी देखाउन यो सबै भइरहेको छ। तिमीहरूको यो खुरापाती राजनीति देखेर भगवान पनि वाक्क भइसके होलान्।’
​पार्टीलाई थप संकटतर्फ धकेल्नुभन्दा निकास खोज्न शाहीले अध्यक्ष लिङ्गदेन र महामन्त्री राणालाई खुल्ला चुनौती दिएका छ्न। उनले  नाटकु बन्द गरेर प्रत्यक्ष संवादमा आउन आह्वान गरेका छन।
​यदि तिमीहरूको हिम्मत र दम छ भने ल म बस्छु तपाईहरू सँग, हामी तीनजना सँगै बसौँ। छलफल गरौं आउनुहोस्, होइन भने यो नाटक किन गरिरहेका छौ ? भन्दै शाहीले नेतृत्वलाई भनाभन र गुटबन्दी छोडेर टेबलमा आउन आग्रह गरेका छन।
​राप्रपाभित्र पछिल्लो समय नयाँ र पुराना पुस्ता, एवं शीर्ष नेताहरूबीच कार्यशैलीलाई लिएर विवाद चुलिँदै गएको सन्दर्भमा सांसद शाहीको यो अभिव्यक्ति सार्वजनिक भएको हो।

प्रतिक्रिया दिनुहोस्