लुम्बिनीमा एमालेका चार मन्त्रीले दिए राजीनामा, मन्त्रिपरिषद् पुनर्गठनको तयारी
जेष्ठ २०, काठमाडो । लुम्बिनी प्रदेश सरकारमा नेकपा एमालेबाट सहभागी चार मन्त्रीले राजीनामा दिएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्य को निर्देशनपछि उनीहरूले पदबाट राजीनामा दिएका हुन्।
राजीनामा दिने मन्त्रीहरूमा भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थी, स्वास्थ्य मन्त्री खेम सारुमगर तथा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी रहेका छन्।
मुख्यमन्त्री आचार्यले आफ्नै निर्देशन र सल्लाहमा मन्त्रीहरूले राजीनामा दिएको जानकारी दिएका छन्। कांग्रेससँगको सत्ता साझेदारी तथा सरकारको नेतृत्व परिवर्तनबारे लामो समयदेखि छलफल चलिरहेका बेला एमालेले सरकारमा आफ्ना प्रतिनिधित्व गर्ने मन्त्रीहरू परिवर्तन गर्ने निर्णय गरेको हो।
यस निर्णयसँगै लुम्बिनी प्रदेश सरकारमा मन्त्रिपरिषद् पुनर्गठनको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ। नयाँ मन्त्रीहरूको नाम र जिम्मेवारीबारे औपचारिक घोषणा हुन बाँकी छ।




प्रतिक्रिया दिनुहोस्