नेकपा एमाले अध्यक्ष ओली सार्वजनिक कार्यक्रममा सहभागी हुँदै

जेष्ठ २०, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदैछन्। उनी आज बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा केन्द्रीय संगठन विभागले आयोजना गरेको दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन गर्ने तय भएको छ।

उक्त कार्यशाला ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयमा केन्द्रित हुनेछ। एमाले प्रचार विभाग प्रमुख निरज आचार्यका अनुसार, कार्यक्रमको उद्देश्य पार्टीको सांगठनिक सुदृढीकरण र गतिशीलता सुनिश्चित गर्नु हो।

कार्यशालामा सम्पूर्ण प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटी पदाधिकारी, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख, जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरू सहभागी हुनेछन्। सहभागीहरूले सदस्यता विस्तार, नवीकरण प्रक्रिया र आगामी सांगठनिक योजनाबारे छलफल गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्