राप्रपामा असन्तुष्टि चुलिँदै, धवल शमशेर राणा नेतृत्वमा नयाँ दल गठनको तयारी
जेष्ठ, १९ काठमाडौं । धवल शमशेर राणाको नेतृत्वमा बसेको उक्त भेलाले मलमास सकिएपछि औपचारिक रूपमा नयाँ दल घोषणा गर्ने तयारी गरेको हो।
बैठकमा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईं पनि सहभागी भएका थिए। राणा र प्रसाईंबीच संयुक्त रूपमा नयाँ राजनीतिक दल गठन गरेर अघि बढ्ने विषयमा छलफल भएको बताइएको छ।
यसअघि राप्रपाका महामन्त्रीसमेत रहेका राणाले जेठ १७ गते पार्टी परित्याग गर्दै नयाँ राजनीतिक अभियान सुरु गर्ने घोषणा गरेका थिए। उनले पार्टीलाई जनभावना अनुसार अघि बढाउने प्रयास भए पनि सैद्धान्तिक द्विविधा र आन्तरिक विरोधाभासका कारण सही दिशामा अघि बढ्न नसकेको आरोप लगाएका छन्।
नयाँ दल गठनको तयारीसँगै राप्रपा भित्रको आन्तरिक विवाद थप चर्किने संकेत देखिएको छ।




प्रतिक्रिया दिनुहोस्