कांग्रेसले संसदीय समितिका बैठक बहिष्कार गर्ने निर्णय
जेष्ठ, १९ काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहले संसद्मा माफी माग्नुअघि संसदीय समितिहरूका बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।
दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार, कांग्रेस यही जेठ २५ सम्म सबै संसदीय समितिका बैठकमा सहभागी नहुने छ।
आइतबार प्रतिनिधि सभाको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री साहले “नेपालले पनि भारतको भूमि मिचेको रहेछ” भन्ने अभिव्यक्ति दिएका थिए। यसप्रति आपत्ति जनाउँदै कांग्रेसले माफी माग्नुपर्ने भन्दै सदनमा अवरोध जारी राखेको छ।
साथै, प्रतिनिधि सभा नियमावली कानुनभन्दा माथि पार गरी जबर्जस्ती पारित गरिएकोमा कांग्रेस असन्तुष्ट देखिएको छ। यसैकारण दलले संसदीय समितिका बैठक बहिष्कार गर्ने रणनीति अपनाएको हो।




प्रतिक्रिया दिनुहोस्