श्रम संस्कृति पार्टीका अध्यक्ष राईले प्रधानमन्त्री साहको माफी मागे

जेष्ठ, १९ काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र साहले संसद्मा आएर माफी माग्नुपर्ने बताएका छन्।

प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राईले प्रधानमन्त्री साहको “नेपालले भारतको सीमा मिचेको रहेछ” भन्ने अभिव्यक्तिले देशको भौगोलिक अखण्डता, सार्वभौम सत्ता र सुरक्षामा खतरा पुर्‍याउने देखिएको बताउँदै माफी माग्नुपर्ने जिकिर गरे।

राईले भने, “उहाँले बोल्नुभएको सरासर गलत छ। कार्यकारी प्रमुखले त्यो तरिकाले बोल्न हुँदैन। यसले विभिन्न ठाउँमा भारतीय सेनाको गतिविधि, योजनाहरूमा रोकजाम लगायत समस्या उत्पन्न गरेको देखिन्छ।”

उनले प्रधानमन्त्रीले संसद्मा आएर आफ्नो अभिव्यक्तिलाई सच्याउँदै माफी माग्नुपर्ने जोड दिएका छन्। साथै राईले संसद्मा अरू कुनै विषयमा छलफल हुन नदिने चेतावनीसमेत दिएका छन्।

अध्यक्ष राईले आकस्मिक बैठक बोलाइएको दिनको अवस्थाबारे पनि टिप्पणी गर्दै भने, “संसद्को तालिका अनुसार बैठक हाम्रो पार्टीको १७ गतेको बैठकमा थिएन। आइतबार बिदाको दिन संसद् बोलाइएको छ। सायद प्रधानमन्त्री भारत जाँदै हुनुहुन्छ भन्ने कारणले आकस्मिक बैठक राख्नुपर्ने भयो।”

उनले राष्ट्रियता भन्दा ठूला कुनै विषय नभएको भन्दै माफी र प्रधानमन्त्रीको जवाफलाई संसद्मा छलफलको मुख्य अडान बनाउने बताए।

प्रतिक्रिया दिनुहोस्