पर्सा जिल्ला अदालतले वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहलाई दुईवटा मुद्दामा धरौटीमा छाड्न आदेश

जेष्ठ, १९ काठमाडौं । विपक्षी दल नेकपा (एमाले)ले प्रधानमन्त्री बालेन्द्र साहको संसदमा दिएको अभिव्यक्तिपछि उनलाई राजीनामा दिन माग गरेको छ।

मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले सांसद गणेशसिंह ठगुन्नाले भने, प्रधानमन्त्रीले दिएको अभिव्यक्ति नियतबश भए राजीनामा दिनुपर्ने, भूलबश भए भने यसलाई लामो समय तान्नु उपयुक्त नरहेको बताएका छन्।

ठगुन्नाले भने, “नियतबश यस्तो कुरा गर्नु भएको हो भने यो गम्भीर आपत्तिजनक विषय हो। यसमा उहाँले राजीनामा गर्नु पर्दछ। भूलबश भएको हो भने जनताको अगाडि स्वीकार गर्दै क्षमायाचना गर्नुपर्छ र अगाडि बढ्नु पर्छ।”

एमालेको मागले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसदमै राजनीतिक तनाव बढेको छ।

प्रतिक्रिया दिनुहोस्