संसदमाश्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङद्वारा प्रधानमन्त्री बालेन शाहको हाजिरी खोजी
जेष्ठ, १९ काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन शाहको हाजिरीको विषय उठाएका छन्।
साम्पाङले प्रतिनिधिसभा नियमावलीको नियम ४ अनुसार प्रत्येक सदस्यले बैठक कक्षमा प्रवेश गर्नु अघि उपकक्षमा राखिएको हाजिरी पुस्तिका वा विद्युतीय उपकरणमा उपस्थिति जनाउनु पर्ने व्यवस्था स्मरण गर्दै प्रधानमन्त्रीको उपस्थितिको विषय उठाएका हुन्।
उनले प्रश्न गरेका छन्, “‘प्रधानमन्त्री ज्यू यहाँ आउँदाखेरि हाजिर गर्नुभएको छ कि छैन? यदि उहाँले हाजिर गर्नुभएको छैन भने प्रतिनिधिसभाको सदस्य नरहेको ठहर हुनेछ।’”
साथै साम्पाङले प्रधानमन्त्रीले नेपालले भारतको जमिन कहाँ मिचेको हो भन्ने जानकारी दिनुपर्ने र गल्ती भएको भए माफी माग्नुपर्ने माग गरेका छन्।
प्रतिनिधिसभा सचिवालयले सदस्यहरूको उपस्थितिसम्बन्धी जानकारी विद्युतीय माध्यमबाट सार्वजनिक गर्ने व्यवस्था रहेको छ।
यसैबीच, प्रधानमन्त्रीको हाजिरी सम्बन्धी प्रश्नले संसदमा राजनीतिक तिक्तता थपेको छ।




प्रतिक्रिया दिनुहोस्