रास्वपाको केन्द्रीय निर्वाचन आयोग प्रमुखमा भुवन केसी मनोनीत

जेष्ठ, १९ काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन आयोग प्रमुख पदमा भुवन केसीलाई मनोनीत गरेको छ।

आइतबार बसेको पार्टी सचिवालय बैठकले काठमाडौंको टोखा निवासी केसीलाई उक्त जिम्मेवारीमा मनोनीत गर्ने निर्णय गरेको हो।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार केसीलाई औपचारिक रूपमा केन्द्रीय निर्वाचन आयोग प्रमुखको जिम्मेवारी दिइएको हो।

रास्वपाले आगामी असारमा पहिलो महाधिवेशन गर्ने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्