प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाए, सेबोन अध्यक्ष नियुक्ति सम्भावना
जेष्ठ, १९, काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद्को बैठक मंगलबार (जेठ १९) दिउँसो १२ बजे सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बोलाएका छन्।
सूचना अनुसार, बैठकको एजेन्डामा मुख्य रूपमा नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्ति रहेको बताइएको छ। अर्थ मन्त्रालयअन्तर्गतको छनौट समितिले ४७ जना आवेदकमध्ये चार जनाको नाम ‘सर्ट लिस्ट’मा राखिसकेको छ।
सर्ट लिस्टमा रहेका उम्मेदवारहरू हुन्:
- डा. नवराज अधिकारी
- विनयदेव आचार्य
- मुकुन्दकुमार क्षेत्री
- डा. गोपालप्रसाद भट्ट
सूत्रका अनुसार, यी चारमध्ये एक जनालाई आगामी बैठकमा सेबोन अध्यक्ष नियुक्त गर्ने सम्भावना छ।
प्रधानमन्त्रीको निर्णयले वित्तीय नियमन र सेयर बजारमा पार्ने प्रभावसमेत उच्च हुने अपेक्षा गरिएको छ।




प्रतिक्रिया दिनुहोस्