प्रतिनिधि सभामा अमर्यादित व्यवहार: सभामुखले छानबिन समिति गठन

जेष्ठ १८,काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले आइतबारको प्रतिनिधि सभा बैठकमा अमर्यादित व्यवहार देखाएका सांसदहरूको विषयमा छानबिन गर्न ३ सदस्यीय समिति गठन गरेका छन्।

प्रतिनिधि सभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा गठन गरिएको समितिको विवरण सभामुख अर्यालले सोमबारको प्रतिनिधि सभा बैठकमा सार्वजनिक गरेका छन्। समितिले सभामुखको निर्देशन अनुसार घटना अनुसन्धान गर्ने र आवश्यक सिफारिसहरू संसद्मा पेश गर्नेछ।

प्रतिक्रिया दिनुहोस्