प्रतिनिधि सभा बैठक मंगलबारसम्म स्थगित

जेष्ठ १८,काठमाडौं । प्रतिनिधि सभा बैठक आज विपक्षी दलले अवरोध जारी राखेपछि सभामुख डीपी अर्यालले मंगलबार दिउँसो १ बजे पुनः बस्ने गरी स्थगित गरेका छन्।

सभामुख अर्यालले बैठक स्थगित गर्ने निर्णय विपक्षी दलले संसद्मा अवरोध जारी राखेको परिस्थितिमा लिएका हुन्। यसअघि प्रतिनिधि सभा बैठकमा विभिन्न एजेन्डा छलफलका लागि तयारी भइरहेको थियो, तर अवरोधका कारण बैठकलाई आजका लागि अघि बढाउन सम्भव भएन।

प्रतिक्रिया दिनुहोस्