सभापति गगन थापाले बालेन शाहलाई संसदमा माफी माग्न आग्रह

जेष्ठ १८,काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहलाई संसदमा उभिएर आफ्नो अभिव्यक्तिप्रति माफी माग्न आग्रह गरेका छन्।

प्रधानमन्त्री शाहले आइतबार प्रतिनिधिसभाको रोस्ट्रमबाट ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएका थिए। सो अभिव्यक्तिलाई लिएर आज रूपन्देहीमा आयोजित पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यक्रममा बोल्दै सभापति थापाले प्रधानमन्त्रीलाई सच्याउनुपर्ने आवश्यकता औंल्याए।

थापाले भने, “प्रधानमन्त्रीजी संसदमा जानुस्, उभिनुस् र मैले नजानेर गल्ती बोलेँ भनेर माफी माग्नुस्, सकियो। तर माफी माग्दिनँ वा मसँग संख्या छ भन्ने हो भने तपाईं प्रधानमन्त्री भए पनि भगवान होइन, तपाईंमाथि प्रश्न उठ्छ।”

उनले सरकारबाट भएका कमजोरी सच्याउने जिम्मेवारी प्रमुख प्रतिपक्षीका रूपमा नेपाली कांग्रेसको हुने पनि बताए।

प्रतिक्रिया दिनुहोस्