सरकारले सामुदायिक वनको अधिकार संकुचन गरे आन्दोलन गर्ने चेतावनी

जेष्ठ १८,काठमाडौं । सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष ठाकुर भण्डारीले सरकारले सामुदायिक वनमाथि कुनै प्रकारको अंकुश लगाउने वा अधिकार संकुचन गर्ने प्रयास गरेमा आन्दोलनमा उत्रिने चेतावनी दिएका छन्।

महासंघको ३१औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सामुदायिक वन व्यवस्थापनमा सरकारको हस्तक्षेप स्वीकार्य नहुने स्पष्ट पारे।

भण्डारीले सरकारले नीति तथा कार्यक्रममा सामुदायिक वनलाई प्राथमिकतामा राखे पनि बजेट विनियोजनका क्रममा भने अपेक्षित रूपमा समेट्न नसकेको आरोप लगाए।

उनले नीति तथा कार्यक्रममा उल्लेख गरिएका व्यवस्थाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारसँग माग गर्दै सामुदायिक वन उपभोक्ताको अधिकार संरक्षण गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया दिनुहोस्