भाजपा अध्यक्षको निमन्त्रणामा रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

जेष्ठ १८, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्।

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी केहीबेरअघि भारततर्फ प्रस्थान गरेका हुन्।

लामिछानेको भारत भ्रमणका क्रममा विभिन्न राजनीतिक भेटवार्ता हुने अपेक्षा गरिएको छ। यद्यपि भ्रमणको विस्तृत कार्यक्रम सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया दिनुहोस्