बिजुली उपभोक्तालाई थप भार नपर्ने, ५० लाखभन्दा कम मूल्यको ईभी घट्ने – अर्थमन्त्री वाग्ले
जेष्ठ १८,काठमाडौं , अर्थमन्त्री ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटबाट बिजुली उपभोक्तामाथि थप भार नपर्ने बताउनुभएको छ। साथै, ५० लाख रुपैयाँभन्दा कम मूल्यका इलेक्ट्रिक भेहिकल (ईभी)को मूल्य घट्ने पनि उहाँले जानकारी दिनुभयो।
आज काठमाडौंमा बजेटसम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री वाग्लेले सरकारले बिजुलीको उपभोक्तालाई अन्तिम भार नपर्ने गरी नीति बनाउने सोच रहेको उल्लेख गर्नुभयो। तर, बिजुलीमा लागू हुने भ्याट भने कायम रहने उनले स्पष्ट पार्नुभयो।
उहाँले भन्नुभयो, “भ्याट लाग्छ–लाग्छ, रिट्रिट हुँदैन, तर उपभोक्तालाई मार नपर्ने गरी हामी सोच्दैछौं।”
यस निर्णयले विशेषगरी घरेलु र साना व्यवसायका उपभोक्तामा राहत पुग्ने अपेक्षा गरिएको छ। साथै, सस्तो हुँदै जाने ईभीको प्रवद्र्धनले वातावरणमैत्री यातायातमा गति ल्याउने विश्वास व्यक्त गरिएको छ।




प्रतिक्रिया दिनुहोस्