प्रधानमन्त्री बालेन शाह प्रतिनिधि सभामा उपस्थित, प्रश्नोत्तर प्रक्रियाबारे विवाद
जेष्ठ १७, काठमाडौं । विभिन्न विधेयक तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन प्रधानमन्त्री संसदमा उपस्थित हुनुपर्ने मागपछि प्रधानमन्त्री बालेन शाह आज प्रतिनिधि सभा बैठकमा उपस्थित भएका छन्।
बैठकमा प्रवेश गर्दै उनले सांसदहरूलाई प्रश्न सोध्ने समय दिन सभामुखसँग आग्रह गरेका थिए। त्यसपछि सभामुखले सांसदहरूलाई दुई मिनेटभित्र प्रश्न राख्न आग्रह गरेका थिए।
तर प्रश्न सोध्ने समय सीमाबारे नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतकहरूले आपत्ति जनाएका छन्। उनीहरूले विगतमा प्रधानमन्त्रीले संसदमा सांसदका प्रश्नको जवाफ दिने समय निर्धारण गरी लिखित प्रश्नका आधारमा मात्र जवाफ दिने परम्परा रहेको भन्दै अहिलेको प्रक्रिया असन्तुलित भएको टिप्पणी गरेका छन्।
संसदमा प्रधानमन्त्रीको उपस्थितिलाई लिएर प्रक्रिया र अभ्यासबारे सत्ता र प्रतिपक्षबीच छलफल तथा बहस जारी रहेको छ।




प्रतिक्रिया दिनुहोस्