राष्ट्रिय सभा बैठक निर्धारित समयमै सुरु हुन सकेन, निर्वाचन विधेयक पारित गर्ने कार्यसूची
जेष्ठ १७,काठमाडौं । राष्ट्रिय सभाको बैठक निर्धारित समयमै सुरु हुन सकेको छैन। बिहान ११:१५ बजेका लागि बोलाइएको बैठक ढिलाइ भएको हो।
आजको बैठकमा दुई महत्वपूर्ण विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची रहेको छ। बैठक सुरु भएपछि प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ माथि दफावार छलफल गरिनेछ।
कार्यसूचीअनुसार प्रधानमन्त्री तथा गृहमन्त्री वालेन्द्र शाहले उक्त विधेयकमाथि सदनमा दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
दफावार छलफल सम्पन्न भएपछि सोही बैठकबाट विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुने कार्यसूची रहेको राष्ट्रिय सभा सचिवालयले जनाएको छ।
निर्वाचन सम्बन्धी कानुनी व्यवस्थामा संशोधन गर्ने उद्देश्यले ल्याइएको उक्त विधेयक प्रतिनिधि सभाबाट पारित भई राष्ट्रिय सभामा पुगेको हो।
बैठक ढिलाइ हुनुको कारण भने खुलाइएको छैन।




प्रतिक्रिया दिनुहोस्