गलत गर्ने जो कोहीलाई बारवाही हुन्छ, घरबेटी भनिदैनः अध्यक्ष प्रचण्ड
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लापर्वाही र समयमा काम नगरे आफ्नै घरबेटी वा जो कोहि ठेकेदारहरुलाई कारबाही गर्ने बताएका छन् ।
आज चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्ने बताए । उनले भने, ‘घरबेटी होस् या जो कोहि गुणस्तरीय र सममै काम नसक्नेलाई कारवाही हुन्छ । आफ्नो घरबेटीलाई बारबाही नगरेको चर्चा आवश्यक छैन । ठेकेदारहरुले समयमा र गुणस्तरीय काम गर्नुपर्छ । यदि त्यहाँ लापर्वाही छ भने सरकार कडाइपूर्वक जानुपर्छ भन्नेमा कसैको विमति छैन ।’
उनले अघि भने, ‘म जसको घरमा बसेको छ, त्यो घरको मान्छेले पनि गल्ती गर्यो भने कारबाही हुन्छ । गल्ती गरेको छैन भने प्रोत्साहित हुन्छ ।’
ठेकेदारमाथिको बारबाहीबारे आफूले गृहमन्त्रीलाई बोलाएर कुनै निर्देशन नदिएको उनले स्पष्ट पारे ।
प्रचण्ड ठेकेदार शारदा अधिकारीको खुमलटारस्थित घरमा बस्दै आएका छन् । अधिकारीको शैलुङ कन्स्ट्रक्सनले विभिन्न सडकको ठेक्का लिएर समयमा काम सम्पन्न गर्न सकेका छैन ।
प्रतिक्रिया दिनुहोस्