मानव अधिकार तथा शान्ति समाजद्वारा गणतन्त्र दिवसमा तीनै अंगप्रति ध्यानाकर्षण

जेठ, १५ काठमाडौं । मानव अधिकार तथा शान्ति समाजले १९औँ गणतन्त्र दिवसको अवसरमा सरकार, संसद् र न्यायालयको ध्यानाकर्षण गराउँदै प्रदर्शन गरेको छ। लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास र सुदृढीकरणमा जोड दिँदै समाजले राज्यका तीनै प्रमुख अङ्गहरूलाई जिम्मेवार र सचेत रहन आग्रह गरेको हो।

प्रदर्शनका क्रममा समाजकी सभापति रेनुका पौडेलले विगतका सरकारहरूको असफलताबाट पाठ सिक्दै वर्तमान सरकारलाई थप सजग हुन आग्रह गरिन्। उनले वि.सं. २०७२ र २०७३ तिर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको कमजोरीका कारण उत्पन्न भएको राजनीतिक संकट पुनः दोहोरिन नदिन राज्यका सबै अंग गम्भीर हुनुपर्नेमा जोड दिइन्।

प्रतिक्रिया दिनुहोस्