उज्यालो नेपाल र हाम्रो नेपाल पार्टीबीच एकता

जेठ १५ काठमाडौं । उज्यालो नेपाल पार्टी र हाम्रो नेपाल पार्टीबीच औपचारिक एकता भएको छ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काठमाडौंको त्रिपुरेश्वरस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा एकता भएको घोषणा गरेका हुन्।

उनले हाम्रो नेपाल पार्टीका नेता तथा कार्यकर्तालाई स्वागत गर्दै उज्यालो नेपाल पार्टीलाई अब देशको विकल्पको रूपमा स्थापित गर्ने बताएका छन्।

घिसिङका अनुसार पार्टीले आगामी स्थानीय तथा प्रदेश निर्वाचनमा सशक्त उपस्थिति जनाउने र भविष्यमा देशको नेतृत्व गर्ने लक्ष्य लिएको छ।

एकता कार्यक्रममा सहभागीहरूलाई बधाई दिँदै उनले विस्तृत सहमति र भावी योजनाबारे दुवै पार्टीका महासचिवहरूले जानकारी दिने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्