नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई विकास र आर्थिक समृद्धिसँग जोड्न सरकार प्रतिबद्ध: परराष्ट्रमन्त्री खनाल

जेठ १४, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास, आर्थिक समृद्धि र राष्ट्रिय हित प्रवर्द्धनका लागि प्रभावकारी रूपमा उपयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) टोखा नगरपालिका–९ ले आज बिहान आयोजना गरेको कार्यक्रममा बोल्दै उनले नेपालको अन्तरराष्ट्रिय सम्बन्ध विश्वका विभिन्न मुलुक तथा अन्तरराष्ट्रिय संस्थासँगको कूटनीतिक, आर्थिक, सांस्कृतिक र रणनीतिक सम्बन्धमा आधारित रहेको उल्लेख गरे।

उनले अन्तरराष्ट्रिय साझेदारीलाई नेपालको विकासका प्राथमिक क्षेत्रसँग जोड्दै लगानी, व्यापार, प्रविधि र पर्यटन विस्तारमा उपयोग गर्नुपर्ने आवश्यकता औँल्याए। मन्त्री खनालले नेपालले बहुपक्षीय सम्बन्ध सुदृढ गर्दै राष्ट्रिय हितलाई केन्द्रमा राखेर कूटनीति सञ्चालन गरिरहेको पनि बताए।

कार्यक्रममा सहभागीहरूले नेपालको विदेश नीति र अन्तरराष्ट्रिय सहकार्यलाई अझ प्रभावकारी बनाउँदै आर्थिक अवसर विस्तार गर्नुपर्ने सुझाव दिएका थिए।

प्रतिक्रिया दिनुहोस्