नेपाली कांग्रेस प्रतिष्ठानद्वारा ७ उपसमितिमा संयोजक नियुक्त
जेठ १४, काठमाडौं । नेपाली कांग्रेस को केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सात विषयगत उपसमितिका संयोजक तोकेको छ। प्रतिष्ठानका प्रमुख एवं उपसभापति विश्वप्रकाश शर्मा को नेतृत्वमा बुधबार बसेको बैठकले उक्त निर्णय गरेको हो।
बैठकमा सभापति गगन थापा को पनि उपस्थिति रहेको थियो।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल का अनुसार अर्थ योजना तथा पार्टी नीति, दृष्टि र योजना उपसमितिको संयोजकमा प्रा. डा. गोविन्दराज पोख्रेल नियुक्त भएका छन्। उक्त उपसमितिले निजी क्षेत्र, शेयर बजार, बिमा, सहकारीलगायत वित्तीय क्षेत्रबारे अध्ययन गर्नेछ।
त्यस्तै, अनौपचारिक क्षेत्रका श्रमिक नीति तथा न्याय सम्बन्धी उपसमितिको संयोजकमा महेन्द्र यादव, जलवायु परिवर्तन सचेतना उपसमितिमा रोशनी गिरी, नवयुवा भावना, मुद्दा तथा अन्तरपुस्ता संवाद समन्वय उपसमितिमा मीनबहादुर भाम, बाल अधिकार उपसमितिमा उमंग लोहनी, सार्वजनिक सेवा प्रवाह नीति तथा थिती संवाद उपसमितिमा गोपालप्रसाद पोख्रेल तथा गैरसरकारी संस्था नीति संवाद तथा समन्वय उपसमितिमा अञ्जु झा लाई जिम्मेवारी दिइएको छ।
बैठकमा उपप्रमुख मधु आचार्य ले आन्तरिक आचारसंहितासम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए। साथै यसअघि चयन भएका संयोजकहरूले आफ्ना अवधारणा र कार्ययोजना समेत प्रस्तुत गरेका थिए।




प्रतिक्रिया दिनुहोस्