चिरिबाबु महर्जन : अब शिक्षा, स्वास्थ्य र रोजगारीमा बजेट केन्द्रित गर्ने
जेठ १४, काठमाडौं । ललितपुर महानगरपालिका का मेयर चिरिबाबु महर्जन ले आगामी आर्थिक वर्षको बजेट शिक्षा, स्वास्थ्य र रोजगारी क्षेत्रमा केन्द्रित गरिने बताएका छन्।
बिहीबार ललितपुरमा आयोजित अंगदाता सम्मान कार्यक्रममा बोल्दै उनले महानगरभित्रका अधिकांश पूर्वाधार तथा सम्पदा विकासका काम लगभग सम्पन्न भइसकेकाले अब सामाजिक क्षेत्रको विकासमा लगानी बढाइने बताए।
मेयर महर्जनका अनुसार पछि महानगरपालिकामा समावेश भएका खोकना, हरिसिद्धी, बुङमती र धापाखेल क्षेत्रमा केही पूर्वाधार विकासका काम बाँकी भए पनि अब त्यसका लागि अतिरिक्त बजेट व्यवस्थापन गर्नुपर्ने अवस्था नरहेको उल्लेख गरे।
उनले आगामी बजेटमार्फत नागरिकको शिक्षा, स्वास्थ्य सेवा र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर कार्यक्रम ल्याइने बताए।




प्रतिक्रिया दिनुहोस्