कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं, १४ जेष्ठ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदमा बजेट प्रस्तुत हुने अघिल्लो दिन संसदीय दलको बैठक बोलाई बजेट अविेवेशनमा पार्टीको धराणा तथा विषयमा छलफल गर्ने भएको हो ।

बैठक आज बिहान साढे ११ बजे सिंहदरबारमा बोलाइएको नेपाली कांग्रेसले जनाएको छ ।

बैठकमा बजेट अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने बताइएको छ ।

आगामी आर्थिक वर्ष २०८३र८४ को बजेट जेठ १५ गते संसदमा प्रस्तुत हुँदैछ । यसप्रति सबैको चासो छ ।

प्रतिक्रिया दिनुहोस्