राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन रवि लामिछानेसहित चार जनामाथि अनुसन्धान सिफारिस

जेठ १३ काठमाडौं ; राष्ट्रिय मानव अधिकार आयोग ले जेनजी आन्दोलनका क्रममा कारागारबाट कैदीबन्दी बाहिर पठाइएको घटनामा रवि लामिछाने को संलग्नता देखिएको उल्लेख गर्दै उक्त कार्य फौजदारी अपराध भएको निष्कर्ष निकालेको छ।

आयोगले सार्वजनिक गरेको छानबिन प्रतिवेदनमा कारागारबाट कैदीबन्दी बाहिर पठाउने कार्य मानव अधिकार उल्लंघन मात्र नभई कारागार ऐन २०७९ को दफा ४९ अनुसार फौजदारी अभियोगसमेत हुने उल्लेख गरिएको छ।

प्रतिवेदनअनुसार आयोगले लामिछानेमाथि सूक्ष्म अनुसन्धान गर्न सिफारिस गरेको छ। यस घटनामा सत्यराज जोशी, मनिष झा र हरि ढकाल लाई पनि अनुसन्धानको दायरामा ल्याउन भनिएको छ।

प्रतिवेदनमा भनिएको छ कि कारागार तथा बाल सुधार गृहमा रहेका कैदीबन्दी र बालबिझ्याइँकर्तालाई बाहिर पठाउन सहयोग गरिएको देखिएको छ, जसका कारण आम नागरिकको मानव अधिकार प्रभावित भएको आयोगको निष्कर्ष छ।

आयोगले विशेषगरी रवि लामिछाने र नख्खु कारागार प्रशासनका सत्यराज जोशी बीचको बयान बाझिएको उल्लेख गर्दै थप अनुसन्धान आवश्यक रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्