बजेट २०८३, ८४ को तयारीमा उच्चस्तरीय छलफल प्रधानमन्त्री बालेन शाह, रास्वपा सभापति रवि लामिछाने र अर्थमन्त्री डा स्वर्णिम वाग्लेबिच ४ घण्टा गहन वार्ता

 

जेठ १३ काठमाडौँ ; आगामी आर्थिक वर्ष २०८३ र ८४ को बजेटका प्राथमिकता र सरकारको नीति तथा कार्यक्रम कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा प्रधानमन्त्री बालेन शाह, राष्ट्रिय स्वतन्त्र पार्टी  रास्वपाका सभापति रवि लामिछाने र अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब ४ घण्टा लामो छलफल भएको छ।

स्रोतका अनुसार छलफल विशेषगरी आगामी बजेटलाई “रूपान्तरणकारी” बनाउने लक्ष्यसहित आर्थिक प्राथमिकता, विकास रणनीति, र स्रोत व्यवस्थापनमा केन्द्रित रहेको थियो। सरकारको पहिलो बजेट भएकाले यसलाई दीर्घकालीन सुधारसँग जोड्ने विषयमा समेत गहिरो विमर्श भएको बताइएको छ।

प्रधानमन्त्री बालेन शाह दिनभर विभिन्न राजनीतिक तथा प्रशासनिक भेटघाटमा व्यस्त रहेपछि कार्यालय समयपश्चात अर्थमन्त्री र रास्वपा सभापतिसँग छुट्टै छलफलमा सहभागी भएका थिए।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यसअघि नै आगामी बजेटलाई संरचनागत सुधार र आर्थिक रूपान्तरणतर्फ उन्मुख हुने बताएका थिए। उक्त छलफललाई त्यही दिशामा नीति स्पष्ट गर्ने प्रयासका रूपमा हेरिएको छ।

प्रतिक्रिया दिनुहोस्