रास्वपाको बारा जिल्लास्तरीय विस्तारित बैठक भाँडभैलो
काठमाडौं, ९ जेष्ठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां) को बारा जिल्ला स्तरीय विस्तारित बैठकमा भाडभैदो भएको छ ।
पार्टीले जिल्ला सभापति चन्दन स्वर्णकारलाई पार्टीले साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेपछि स्वर्णकार पक्षधरले कलैयास्थित कार्यक्रमस्थलमा नाराबाजी गरि भाँडभैलो मच्चिएको हो ।
बारा १ का सांसद गणेश धिमालले स्वर्णकार समर्थक कार्यकर्ताले कार्यक्रम बिथोल्ने प्रयास गरेपनि पार्टीको निर्धारित कार्यक्रम भने सुरु भएको बताए ।
स्वर्णकारलाई पार्टीले निष्कासन गर्न नहुने माग राख्दै उनका समर्थकले बाराका सांसदहरूविरुद्ध नाराबाजी गरेका छन् । कार्यक्रमस्थलमा सांसदहरू रहबर अन्सारी, गणेश धिमाल, अरबिन्द साह र चन्दन सिंहमाथि हातपातको प्रयास समेत गरिएपछि प्रहरीले सांसदहरूलाई कार्यक्रम स्थलबाट बाहिर निकालेको थियोे ।
कलैयाको करणराज होटलमा अहिले ठूलो संख्यामा प्रहरी परिचालन गरेर कार्यक्रम चलिरहेको छ ।
पार्टीबाट निष्काशनमा परेका स्वर्णकारले बारा जिल्लाका सांसदहरूले आफू निकट व्यक्तिहरुलाई मात्रै समेटेर जिल्ला समिति बनाउने प्रयास गरेपछि पार्टीका पुराना कार्यकर्ताले विरोध जनाएको प्रतिक्रिया दिएका छन् ।




प्रतिक्रिया दिनुहोस्