प्रधानमन्त्री संसद्मा नआएकै कारण आफूलाई कुनै दबाब नभएको रबि लामिछाने प्रष्टोक्ति
काठमाडौं, ७ जेष्ठ । रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री संसद्मा नआएकै कारण आफूलाई कुनै दबाब नभएको बताएका छन् । आफू दबाब र प्रभावमा बस्ने मान्छे नभएको बताउँदै अहिले पनि प्रधानमन्त्रीको कारण दबाबमा नरहेको उनको प्रष्टोक्ति थियो ।
बिहीबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो प्रष्टोक्ति दिएका हुन् ।
उनलाई सञ्चारकर्मीले ‘प्रधानमन्त्री संसद्मा नआएको कारण दबाबमा पर्नुभएको हो रु’ भनेर प्रश्न गरेका थिए । जवाफका क्रममा सभापति लामिछानेले भने, ‘छैन, छैन । म त्यस्तो दबाबमा बस्ने मान्छे होइन । मलाई त्यस्तो कुनै कुराको दबाब छैन । कहिलेकाहिँ प्रक्रिया पूरा हुँदै जान्छन् ।’
सरकारले काम भएन भन्ने आउँदा चाहिँ आफूलाई दबाब हुने लामिछानेको भनाइ थियो ।
‘सरकारको यो काम भएन भन्ने आयो भने मेरा लागि दबाब हुन्छ । सरकारले काम गरिरहेको छ । रिजल्ट आउँदैछ । मिडियाको स्पेस हामी सत्ता पक्षलाई भन्दा प्रतिपक्षीलाई दिनुभयो भने राम्रो हुन्छ,’ उनले भनेका छन् ।
उनले प्रधानमन्त्री आउने र जवाफ दिने पनि जिकिर गरे । ‘आउनुहुन्छ । देखिइरहनुभएको छ । थाहा पाइहाल्नुहुन्छ नि,’ लामिछानेले भनेका छन् ।
सभापति लामिछानेले महाधिवेशनमा पार्टी होमिएको र महाधिवेशनमार्फत पार्टीलाई ठीक ढंगले अघि लिएर जाने धारणा राखे ।
‘यो समय छिटो काम गर्नुपर्छ भनेर गरेको हो । हामीलाई विधानको बाध्यता पनि छ । हाम्रो तयारी पूर्ण छ,’ उनले भने ।




प्रतिक्रिया दिनुहोस्