रास्वपाले आज देशैभर वडा भेला आयोजना गर्दैै

काठमाडौं, २ जेष्ठ । रास्वपाले आज देशैभर वडा भेला आयोजना गरेको छ । तदर्थ समिति गठन नभएका वडाहरुमा आज भेला आयोजना गरिएको रास्वपाले जनाएको छ ।

आज हुने भेलाले ती वडाहरुमा तदर्थ समिति गठन गर्नेछ ।

रास्वपाले हाल पहिलो महाधिवेशनको तयारी गरिरहेकोले संगठन विस्तारमा लागेको छ । पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा गर्ने रास्वापाको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्