सूचना टाँसेर,संघीय संसदको बैठक स्थगित
काठमाडौं । संघीय संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको संघीय संसदको प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक स्थगित गरिएको हो ।
सोमबार संघीय संसदको दुईवटै सदनको बैठक बसेर संयुक्त बैठक सञ्चालन सम्बन्धी कार्यविधि पारित गर्ने कार्यसूची थियो ।
तर महासचिव मनोहरप्रसाद भट्टराईले अर्को सूचना जारी नभएसम्मका लागि बैठक विशेष कारण स्थगित भएको जानकारी गराएका थिए ।
प्रतिक्रिया दिनुहोस्