कांग्रेसका नेताहरू किन पुगे गुण्डु ?
काठमाडौं, २८ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरू नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास भक्तपुरको गुण्डु पुगेका छन्। कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा र सहमहामन्त्री उदयशमशेर राणा एमाले अध्यक्ष ओलीलाई भेट्न भक्तपुरको गुण्डु पुगेका हुन्।
कांग्रेस केन्द्रीय कार्यालय स्रोतका अनुसार अहिले नेताहरूबीच भेटवार्ता जारी छ। विभिन्न छ वटा प्रदेशमा नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्य छ। विगतमा भएको सहमति अनुसार आलोपालो मुख्यमन्त्री बन्ने विषयमा दुवै दलका नेताहरूले छलफल गरेका छन्।
अहिले नै मुख्यमन्त्री परिवर्तन गर्ने कि बजेटपछि भन्ने विषयमा कांग्रेस र एमाले निर्णयमा पुगिसकेका छैनन्। त्यस्तै सरकारले ल्याएको अध्यादेशकाृ बारमा पनि छलफल हुने स्रोतले बताएको छ ।











प्रतिक्रिया दिनुहोस्