कामु प्रधानन्यायाधीशलाई सभापति रविको कडा टिप्पणी, ‘मेरो गर्दन अहिले पनि अदालतमै छ’
काठमाडौंं, २७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुन दिवसको अवसरमा शनिबार दिएको अभिव्यक्तिप्रति कडा टिप्पणी दिएका छन् ।
पार्टीका सांसदहरूलाई प्रशिक्षण दिने दुइदिने कार्यक्रमको समापन समारोहलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश सिफारिसमा भएको टिकाटिप्पणीबारे उनले जवाफ दिएका हुन् । ‘प्रधानन्यायाधीश सिफारिस परम्पराभन्दा बाहिर गयो, असंवैधानिक भनियो । कसरी ६÷६ जना सिफारिस गरियो ? ६ जनाको साटो वरिष्ठतम् हुने भनिएको भए सोझै हुनेथियो नि संवैधानिक परिषद्को पनि आवश्यकता नै पर्थेन,’ उनले भने, ‘त्यसरी आएकाहरू नामबाट हाम्रो पार्टीका वरिष्ठ नेताले प्रस्ताव गर्नु भयो । त्यसलाई परम्परा भत्काइयो भनिएको छ । यदि परम्परा त्यही भइदिएको भए आज भागबन्डाको छलफल चलिरहेको हुन्थ्यो ।’
उनले यसमा आफूमाथि रिस पोख्नेहरूलाई चुनौति पनि दिए । ‘मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ । चलाइदिनुस् हतियार,’ उनले भने, ‘अदालतले पनि यसलाई हाँसोको विषय नबनाओस् । आम नागरिकलाई कसरी न्याय दिन सकिन्छ भनेर गर्नुपर्छ । कागजमा बन्दी न्याय नहोस् ।’
कामु प्रधानन्यायाधिश कार्कीले ‘दुईतिहाइकै किन नहोस्, डर र प्रभावमा न्याय सम्भव छैन’ भन्ने अभिव्यक्ति दिएका थिए ।











प्रतिक्रिया दिनुहोस्