रास्वपाले आजदेखि जनप्रतिनिधिहरूलाई दोस्रो चरणको प्रशिक्षण दिने

काठमाडौं, २६ बैशाख । सत्ता रुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि जनप्रतिनिधिहरूलाई दोस्रो चरणको प्रशिक्षण दिने कार्यक्रम छ । अब आउने बजेट अधिवेशनलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रशिक्षण राखिएको सहमहामन्त्री विपिन कुमार आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार आज र भोलि रास्वपाको संसदीय दलको कार्यालय सिंहदरबारमा प्रशिक्षण कार्यक्रम राखिएको छ । यसअघि चैत ३ र ४ गते रास्वपाले ललितपुरस्थित ग्वार्कोमा जनप्रतिनिधिलाई आवासीय प्रशिक्षण कार्यक्रम राखेको थियो । त्यतिबेला विषयविज्ञ सहित पार्टीका शीर्ष नेताले प्रशिक्षण दिएका थिए ।

गत फागुनमा भएको निर्वाचनमा रास्वपाले १८२ सिट जितेको थियो । प्रतिनिधिहरुलाई राजनीतिक, संवैधानिक र कानुनी जानकारी दिनको लागि प्रशिक्षण प्रभावकारी हुने रास्वपाले विश्वास लिएको छ । यो सँगै संसदमा रास्वपाका संसदहरुले संसदमा सशक्त भूमिका निर्वाह गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्