राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै
काठमाडौं, २० बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दै छ ।
बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने बैठकमा स्थानीय तह उम्मेदवार छनोटको रूपरेखाबारे छलफल हुने प्रवक्ता मनिष झाले जानकारी दिए ।
साथै महाधिवेशन कार्यविधि र संसदीय दलको विधान संशोधनको विषय पनि बैठकको कार्यसूचीमा राखिएको छ ।
साथै विविध शीर्षकमा समसामयिक परिस्थितिबारे पनि छलफल हुने बताइएको छ ।
बैठकमा सबै सचिवालय सदस्यलाई अनिवार्य उपस्थित हुन सभापति रवि लामिछानेबाट निर्देशन जारी गरिएको छ ।











प्रतिक्रिया दिनुहोस्