वपक्षी दलहरुको बैठक आज बस्दै

काठमाडौं, १७ बैशाख । सरकारले ६ वडा अध्यादेश एकै पटक ल्याउन राष्ट्रपति समक्ष शिफारिस गरेपछि विपक्षी दलहरु संशंकित भएका छन् । त्यसका लागि विपक्षी दलहरुको बैठक आज बस्दैछ । आज बिहान साढे ११ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक बस्न लागेको हो ।

विपक्षी दलहरुको बैठक बुधबार कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा श्रम संस्कृतिबाहेक चार दल सहभागी भएका थिए ।

आज फेरि एमालेको कार्यालयमा बस्न लागेको नेकपाका प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए । सरकारले अध्यादेश ल्याएपछि विपक्षी दलहरु एक भएका हुन् । आजको बैठकमा पनि सरकारले ल्याएका अध्यादेशबारे छलफल हुने नेताहरुले बताएका छन् ।

आज सरकारले सिफारिस गरेका अध्यादेशबारे छलफल गर्न राष्ट्रपति रामचन्द्र पौडेलले पनि संविधानविद्हरूसँग छलफल गर्दैछन् । यसले गर्दा सरकार र विपक्षीदलको दुर बढ्दै छ ।

प्रतिक्रिया दिनुहोस्