कांग्रेसले संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतकमा शाह, थापा र राई मनोनयन
काठमाडौं, १६ बैशाख । नेपाली कांग्रेसले प्रतिनिधि सभा संसदीय दलको उपनेता, प्रमुख सचेतक र सचेतक मनोनयन गरेको छ।
संसदीय दलको नेता भीष्मराज आङदेम्बेले आज मनोनयन गरेका हुन्।
प्रतिनिधि सभाको उपनेतामा अभिषेक प्रताप शाह, मुख्य सचेतकमा बासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन भएका छन्।
आङदेम्बेलाई सोमबार सभापति गगन थापाले दलको नेतामा नियुक्त गरेका थिए।











प्रतिक्रिया दिनुहोस्