कांग्रेसले समानान्तर गतिविधि चलाउने समूहलाई सचेत गरायो, व्यक्तिबाट ७ दिनभित्र स्पष्टीकरण र सफाइ माग गर्ने निर्णय

काठमाडौं, १८ चैत। नेपाली कांग्रेसले समानान्तर गतिविधि चलाउने समूहलाई सचेत गराएको छ ।

पूर्णबहादुर खड्का पक्षले एबतर्फी रुपमा समानान्तर बैठक तथा भेला राखेपछि नेपाली काँग्रेसको मंगलबार बसेको पार्टीको केन्द्रीय अनुशासन समितिको बैठकले चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य भएकोतर्फ सचेत गराएको हो ।

अब पनि यस्ता कार्य भए विधान अनुसार कारबाही हुने निर्णय भएको अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।

कांग्रेसको शेरबहादुर देउवा–शेखर कोइरा समूहले समानान्तर गतिविधि अघि बढाएको हो । हिजो र आज सो समूहले काठमाडौंमा भेला आयोजना गरेको छ ।

विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जालमा नेपाली कांग्रेसको नक्कली लेटरप्याड बनाएर आफूसँग नभएको जिम्मेवारी उल्लेख गर्दै आफू पार्टीको जिम्मेवारी छु भनी मिति २०८२ चैत १४ गते अनधिकृत वक्तव्य जारी गर्ने कार्य गलत भएकाले सचेत गराइन्छ । अब उप्रान्त यस किसिमको गलत काम गर्ने जो कोही व्य नेपाली कांग्रेसले अनुशासन उल्लंघनको आरोप लागेका व्यक्तिलाई ७ दिनभित्र स्पष्टीकरण सोधेको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको अनुशासन आयोगको बैठकले ७ दिनभित्र स्पष्टीकरण र सफाइ माग गर्ने निर्णय गरेको हो ।

यस्तै पार्टीले ‘छानबिनबाट वर्गीकरण गरिएका उजुरीको हकमा अनुशासन उल्लंघन गरिएको भनी आरोप लागेका व्यक्तिबाट ७ दिनभित्र स्पष्टीकरण र सफाइ माग गर्ने निर्णय भएको छ,’ अनुशासन समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।

उनका अनुसार निम्न व्यक्तिको हकमा हुनेछ अनुशासनको कारबाही–

निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र प्रस्तावक समर्थक बसेकाको बारेमा ।
निर्वाचनमा पार्टीका उम्मेदवारविरुद्ध प्रचार प्रसारमा प्रत्यक्ष सहभागी भएका ।
पार्टी उम्मेदवारका विरुद्ध प्रत्यक्ष रुपमा विपक्षलाई टेवा पुर्‍याएका ।
नेपाली कांग्रेसलाई मत नमागी साइलेन्स किलिङको काम गरेका ।
नेपाली कांग्रेसबाट जनप्रतिनिधि निर्वाचित भइ प्रतिनिधिसभाको निर्वाचनमा विपक्षीलाई सहयोग गरेका ।क्ति उपर नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) प्रचलित नेपाल कानुन बमोजिम कारबाही अघि बढाइने निर्णय गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्